सिक्किम प्रतिभा प्रतिष्ठान पाकिमले गर्यो महकुमा स्तरिय सम्मान कार्यक्रम ।
सिक्किम प्रतिभा प्रतिष्ठान पाकिमले गर्यो महकुमा स्तरिय सम्मान कार्यक्रम ।
आज पूर्व सिक्किम पाकिममा स्थापित सिक्किम प्रतिभा प्रतिष्ठान पाकिमले स्थानीय सामुदायिक भवनमा एक
महकुमा स्तरिय सम्मान कार्यक्रम आयोजना गरयो ।
कार्यक्रममा नेपाली साहित्य परिषद् सिक्किमका अध्यक्ष श्री रूद्र पौड्याल मुख्य अतिथिको रुपमा उपस्थित थिए भने विशिष्ट अतिथिहरुमा विभिन्न क्षेत्रका साहित्यिक व्यक्तित्व एवं वरिष्ठ अधिकारी गणहरु थिए ।
शिक्षा, साहित्य, खेलकुद, कला र सामाजिक क्षेत्रमा गौरवपूर्ण उपलब्धि हासिल गर्ने एवं विशिष्ट योगदान पुर्याउने पाकीम महकुमा अन्तर्गतका विद्वानजन, साहित्यकार एवं कलाकारहरुलाई दोसल्ला ओढाएर प्रस्शती पत्रद्वारा सम्मान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा विभिन्न विधामा उपलब्ध हासिल गरेका
सम्मानित हुने व्यक्तित्वहरुमा
श्री ध्रुव लोहागण- लेखक, अभिनेता एवं निर्देशक
निमा थिङ - समाज सेवामा विद्यावारिधि
प्रताप सुब्बा- खेती विज्ञानमा विद्यावारिधी
कमल अधिकारी - कानुनमा विद्यावारिधी
गोविन्द लुईटेल- रसायन विज्ञान मा विद्यावारिधि
बसन्त सुब्बा - कम्प्युटर विज्ञानमा विद्यावारिधि
सुनिता ढकाल- NEET - super speciality भारतबर्ष मै सातौं स्थान प्राप्त गर्नु सिक्किम सान
सुरेश छेत्री - राष्ट्रिय बडि बियूल्डर
आशिष राई- राष्ट्रिय फुटबल खेलाडी
इसिका गुरुङ-बाल अभिनेत्री
आदि रहेका थिए ।
कार्यक्रम अवधि श्री टि.पी.सिहं द्वारा रचित कथा संग्रह "पूनर्मिलन" को पुस्तक लोकार्पण एवं
विभिन्न कवि एवं कवियत्रीहरूबाट आफ्नो रचना वाचन पनि गरेका थिए साथै सांस्कृतिक गीत एवं नृत्य पनि मञ्चन गरिएको थियो ।
१९९२ देखि शुरू भएको "गोरेटो बिसाउनी" नामक संस्था आज आएर सिक्किम प्रतिभा प्रतिष्ठान पाकिमको नामले चिनिन्छ र यसले धेरै साहित्यिक र सामाजिक उपलब्धि हासिल गर्दै आईरहेको प्रतिष्ठानका पूर्व महासचिव संस्थापक श्री ध्रुव लोहागणले बताए ।
मुख्य अतिथि श्री रूद्र पौड्यालले आफ्नो वक्तव्यमा आफ्नो कला, साहित्य र संस्कृतिलाई आफ्नो समाजमा दर्साउनु नै मानवताको मुल मन्त्र हो भनि उल्लेख गरेका थिए । आफूले जानेको कुराहरुलाई समाजलाई चिनाउने व्यक्तिले नै प्रगति गर्दछ भनी उनले थपे ।
मुख्य अतिथिको हातबाट दिप प्रज्वलन गरी शुरू भएको कार्यक्रममा संस्थाका अध्यक्ष श्री बि. बि. सुब्बाले स्वागत मन्तव्य राखेका थिए र श्रीमती जानुका ढकालले धन्यवाद ज्ञापन पस्केकी थिइन् भने सम्पूर्ण कार्यक्रम श्रीमान सि. एल. दुलालले सन्चालन गरेका थिए ।
Comments
Post a Comment